३ अर्ब लगानीमा विराटनगरमा कसले खाेल्दैछ चेन होटेल ?

-



     सफल आवाज    
     श्रावण १० गते २०७९ मा प्रकाशित



विराटनगर, १० साउन । बिराटनगरमा ३ अर्ब लगानीमा चेन होटेल खुल्ने भएको छ। यसका लागि सेञ्चुरी ग्रुप र होटेल र्याडिसनबीच विराटनगरमा र्याडिसन खोल्ने सम्बन्धमा दुईपक्षीय हस्ताक्षर समेत भएको छ ।

सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्रयाडिसन ग्रुपका दक्षिण एशिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच ¥याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सेञ्चुरी मलसहित विश्वस्तरको होटेल खुल्दा नेपालको आर्थिक समृद्धिमा योगदान हुने व्यवसायी दुगडले बताए । ३ अर्ब लगानीमा बन्ने १४६ कोठाको सो होटेलमा बृहत् सभाहल, जिमखाना, व्यापारिक मलसमेत हुनेछ ।