
काठमाडौं, १० साउन । एभरेष्ट बैंक लिमिटेडले १०.५ प्रतिशत ब्याजदरयुक्त २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले आगामी साउन १८ गते ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। उक्त ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड सेबोनले गत श्रावण २ गते अनुमति प्रदान गरेको हो।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २ लाख इकाई भएको ऋणपत्र निष्कासन गर्ने र यसको अवधि ६ वर्षको हुने बुझिएको छ। ‘बैंकले यो ऋणपत्र जारी गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । ऋणपत्र खरिदकर्ताले १०.५ ब्याज पाउँछन्’, बैंकका सूचना अधिकृत केशवराज पौडेलले सफलआवाजलाई बताए।
जम्मा २ अर्बको २ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता निजी संस्था तथा ४० प्रतिशतले हुन आउने ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको बैंकले जनाएको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




