
बैतडी, १० साउन । सुदूरपश्चिम प्रदेशको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत वर्ष लक्ष्यभन्दा आधामात्र राजस्व संकलन गरेको छ। साथै त्यस अवधिमा उक्त नाकाबाट कुनै सामान निर्यात नभएको पाइएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत ८१ लाख २१ हजार ३१४ रुपैयाँ बराबरको सामान भित्रिएका तर कुनै सामान निर्यात नगरिएको कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेले जानकारी दिए ।
कार्यालयका अनुसार साउन महिनामा भारतबाट ८ लाख ५५ हजार ५२०, भदौमा १० लाख ५३ हजार ९०३ असोजमा, १३ लाख ३४ हजार ९८३, कात्तिकमा ९ लाख १९ हजार ३८२, मंसिरमा १० लाख ५५ हजार २२, पौषमा २ लाख ३८ हजार ३६३ को सामान आयात भएको हो। केही वर्षअघिसम्म उक्त नाकाबाट घ्यु निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात नभएको कार्यालयले जनाएको छ ।
उक्त अवधिमा सामान आयातका क्रममा कार्यालयले भन्सार महसुल १६ लाख तीन हजार ८७३, भन्सार सेवा दस्तुर ८७ हजार ५००, मूल्य अभिवृद्धि कर ६ लाख ६३ हजार ४६८ तथा अन्त शुल्क १२ हजार ५६ गरी २३ लाख ६६ हजार ८९७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
उक्त अवधिमा सामान आयातका क्रममा कार्यालयले भन्सार महसुल १६ लाख तीन हजार ८७३, भन्सार सेवा दस्तुर ८७ हजार ५००, मूल्य अभिवृद्धि कर ६ लाख ६३ हजार ४६८ तथा अन्त शुल्क १२ हजार ५६ गरी २३ लाख ६६ हजार ८९७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
उक्त रकम लक्ष्यभन्दा १९ लाख ९४ हजार १०३ रुपैयाँले कम हो। कार्यालयले गत आर्थिक वर्षमा ४३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । व्यापारिक प्रयोजनका लागि पनि सामान कम मात्र आउने साथै आयात घटेकाले राजस्व सङ्कलनमा कमी आएको बुझिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




