
काठमाडौं, १० साउन । दुई दिनकाे उछालपछि सेयर बजारमा मंगलबार भने करेक्सन देखिएको छ । सम्पूर्ण सूचकहरु राताम्मै भएका छन् । कारोबार रकम सन्तोषजनक रहेता पनि अघिल्लो दिनको तुलनामा केही कमि भएको छ ।
सोमबार कुल कारोबार ४ अर्ब १० करोड बढीको भएको थियो । यसदिन कारोबार सोमबारकोभन्दा ४० लाखले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेको छ । नेप्सेमा २.१० प्रतिशतको गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले घटेर ३९८.३९ विन्दुमा पुगेको छ ।

कुल २२२ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । ८७ लाख ४० हजार ५५१ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । केहिदिन अघिदेखि लागातार शिवम् सिमेन्ट्स लिमिटेडले कारोबारमा अग्रता कायम गर्दै आएको छ ।
आज पनि कारोबारमा अग्रता कायम गर्दै शिवम् सिमेन्ट्सले १९ करोड ३६ लाख ४४ हजार ६७ हजार २६० रुपैयाँ बराबरको कारोबार गरेकाे छ ।

मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९.३२ प्रतिशतले बढेको छ भने सुर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत छ । युनाइटेड मोदि हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ।
गणपति लघुवित्तको सेयरमूल्य ६.८२ प्रतिशतले घटेको छ । रिभर फल्स हाइड्रोपावरको ५.९९ प्रतिशत, सबैको लघुवित्तको ५.१३ प्रतिशत र पोखरा फाइनान्सको ५.१० प्रतिशतले घटेको छ।
अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख, अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख र हिमालयन डिस्टिलरीको ९ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




