घट्यो सुनको भाउ, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनको भाउमा यसदिन रुपैयाँ २०० ले गिरावट भएको छ । चाँदीमा भने रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २०० घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलामा रुपैयाँ ५ ले बृद्धि भएर तोलाको १ हजार १५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार १५० रुपैयाँ कायम भई कारोबार भएको थियो ।