
काठमाडौं, ११ साउन । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रबारका दिन पिच–नीक सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत प्रत्येक उद्यमी तथा उद्यमी बन्न चाहनेहरुबाट उनीहरुको उत्तम व्यावसायिक विचारहरुलाई छनोट गरी वास्तविकतामा बदल्न मद्दत गरिने कम्पनीले जनाएको छ ।
यसबाहेक कम्पनीले भविष्यमा सञ्चालनमा ल्याउन लागेको विशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरु मार्फत पनि उत्तम व्यावसायिक विचार र नवीतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्था मार्फत लगानीको वातावरणलाई सहज गरिदिने कम्पनीको भनाइ छ ।
यो सेवा स्टार्टअप तथा हुर्कने अवस्थामा रहेका कम्पनीहरूका लागि उपयोगी हुने बुझिएको छ। कम्पनीका अनुसार भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने पुलको काम गर्छ जस अन्तर्गत बैङ्क तथा वित्तीय संस्थाहरूमा व्यवसायीको निर्भरता घटाएर लगानीका अन्य सिर्जनशील उपायद्वारा पुजीँ उपलब्ध गराइनेछ ।
यसका साथै प्राइभेट इक्विटीको व्यवस्थापन गरी व्यवसायको व्यवसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिने रर यस अन्तर्गत व्यवसायको विकास र विस्तारको लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकको रूपमा कार्य गरिदिने कम्पनीको योजना छ।
कम्पनीले लगानीकर्ता, उद्यमी तथा नयाँ व्यावसाय सञ्चालन गर्न चाहने व्यावसायी र उद्यमीहरुले आफ्ना विचारहरु प्रत्येक महिनाको अन्तिम शुक्रबार कम्पनीको पिच–नीक डेस्कमा निशुल्क दर्ता गराउन आग्रह गरेको छ । महिनाको अन्तिम शुक्रबार कुनै बिदा परेमा लगत्तैको अर्को कार्यदिनमा यो कार्यक्रम सञ्चालन हुने नबिल इन्भष्टमेण्टले जनाएको छ ।
कम्पनीले सेवा प्राप्त गर्नका लागि ४४११६०४, ४४११७३३ (एक्टेन्सन नम्बर १५६, १६२) मा सम्पर्क गर्न वा https:/bit.ly/3PCvc5V मा क्लिक गरेर आवश्यक विवरण भर्न आग्रह पनि गरेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




