फेरि नेप्सेको उकालोको यात्रा शुरु, फाइनान्सतिर देखियो लगानीर्ताको झुकाव

-



     सफल आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ साउन । साताको सेयर कारोबार हुने दोश्रो दिन नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । दुई दिन लगातार उकालो लागेर अघिल्लो दिन ओरालो लागेको नेप्सेमा आजको सकारात्मक माहोलले लगानीकर्तालाई उत्साही बनाएको छ ।

नेपाल स्टक एक्सचन्जका अनुसार नेप्से परिसूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१४ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ४.५३ अंकले बढेर ४०२.९२ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२७ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ७५ लाख ८ हजार १८८ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

व्यापार उपसमूह बाहेक सबै १२ उपसमूहको सेयेर बढेको छ । कारोबारको आधारमा लागातार शिवम् सिमेन्ट्स आज पनि अगाडी रहेको छ । कम्पनीको १७ करोड ९४ लाख ११ हजार ८०८ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

बुधबार ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कुमारी धनवृद्धि योजनामा भने नकारात्मक सर्किट लागेको छ । साे फण्डको मूल्य घटेर ९ रूपैयाँमा झरेको छ ।