राष्ट्र बैंकले १ अर्ब २० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै

-



     सफल आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने जानकारी दिएकाे छ ।

राष्ट्र बैंकले एक सूचना प्रकाशित गरेर इजाजत प्राप्त बैंक, बित्तीय संस्थाहरुले कुल लगानी याेग्य रकममध्ये २०७९ भदाै २ गतेदेखि २०८० भदाै २ गतेसम्म ३६७ दिनकाे निक्षेपकाे लागि आव्हान गरेकाे हाे ।  

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ कराेड रुपैयाँ लगानी गर्नेछ । ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १८ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६ कराेड रुपैयाँ सहित जम्मा १ अर्ब २० कराेड रुपैयाँ लगानी गर्न लागेको हो ।

मुद्धती निक्षेपकाे रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले श्रावण १३ गते बिहान १० बजेदेखि राती १२ बजेभित्र लिन चाहेको रकम खुलाइ साे रकमकाे लागि व्याजदर खुलाएर राष्ट्र बैंकमा आवेदन पेश गर्न सक्नेछन् ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना तल बक्समा छ ।