
काठमाडौं, ११ साउन । सहरी विकासमन्त्री मेटमणि चौधरीले ठूला र विशेष आयोजनाको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् । कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा मन्त्री चौधरीले निर्माणको काम समयमा नै सम्पन्न गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए।
कार्यभार सम्हालेको यस अवधिमा नयाँ सहरतर्फ ११ वटा भवन निर्माण, चार सय सडक बत्ती जडान, पाँच हाटबजार, दुई बसपार्क, पाँच खेल मैदान, पाँच पार्क निर्माण, तीन खानेपानी आयोजना निर्माण र तीन वटा जग्गा एकीकरण आयोजनाको सुरुआत गरेको पनि जानकारी गराए।
नेपाल सहरी शासकीय पूर्वाधार विकास आयोजनाअन्तर्गत पोखरामा करिब रु एक अर्ब र तिलोत्तमा नगरपालिकामा करिब रु ७८ करोड लागतको सडक निर्माण कार्यको सम्झौता भएको पनि जानकारी दिए । त्यसैगरी मोरङ जिल्लाको उर्लाबारीमा करिब रु ५१ करोड र विर्तामोड नगरपालिकामा करिब रु ७६ करोड लागतमा सडक निर्माण कार्य अघि बढाइएको जनाइएको छ ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत एक महिनामा करिब १५ हजारको सङ्ख्यामा आवास एकाइको निर्माण कार्य सम्पन्न भएको छ । त्यस्तै ३५ परिवारको लागि यस अवधिमा आवासको छाना छाउने काम सम्पन्न भई अन्य निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिइएको छ ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नै आगामी दुई महिनाभित्र करिब २० हजार आवासको फुसको छानो फेर्ने चौधरीले जानकारी दिए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




