
काठमाडाैं, १२ साउन । मन्दाकिनी हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे थियाे ।
निष्काशित कुल सेयरबाट २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे छ। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले बाँकी रहेकाे १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले घटिमा १० कित्ता र बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ। याे भनेकाे कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत भन्रे हुन्छ ।
सेयरमा लगानी गर्नका लागि लगानीकर्ताले सेबाेनबाट स्वीकृति पाउका सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो सेयर पेज र एप्सबाट आवेदन दिन सक्नेछन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




