लाभांश पारित गर्न नागरिक लगानी कोषले बाेलायाे साधारण सभा, बुकक्लाेज कहिले ?

-



     सफल आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १२ साउन । नागरिक लगानी कोषले लाभांश पारित गर्न भदौ ६ गते साधारण सभा बाेलाएकाे छ । कम्पनीले २७औं वार्षिक साधारण सभा प्रयोजनका लागि साउन २५ गते बुकक्लोज गर्ने भएकाे छ।

बिहिबार बसेकाे सञ्चालक समितिको बैठकले बुकक्लोज गर्ने निर्णय गरेको हो। साउन २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा काराेबार भइ कायम भएका सेयरधनीहरूले साधारण सभामा सहभागि हुन पाउनेछन् । साथै उनीहरू लाभांश प्राप्तिका लागि याेग्य मानिने छन् ।

कम्पनीले भदौ ६ गतेकाे साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने भएकाे छ।