सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

-



     सफल आवाज    
     असाेज १६ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १६ असाेज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत ग्राहक महानुभावहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाको टिकट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको बताइएको छ । हाल बैंकले मुलुकभर ३० एटिएम र ९१ शाखा कार्यालयहरुबाट आधुनिक र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको छ ।