
काठमाडौं, १२ साउन । अघिल्लो दिन सकारात्मक यात्रामा गएर लगानीकर्तालाई उत्साही बनाएकाे सेयर बजार लगातार आज पनि दोहोरो अंकले उकालो लागेको छ । सेयर बजारमा भएकाे दोहोरो अंकको बृद्धिले सेयर बजारकाे माहाेल तातिएकाे छ।
बजार बन्द हुनु अघिको अवधिमा लगानीकर्तालाई ढुकचुक बनाएको नेप्सेको परिदृश्यले बजार बन्द हुँदा भने निकै उत्साही बनायो । कारोबार रकम करिब ५ अर्ब भएको छ । यो कारोबार यस वर्षको अहिलेसम्मकै उच्च कारोबार हो । सेयर खरिदबिक्रिमा पनि बृद्धि भएकाे छ ।
लगातार दोश्रो दिनको सेयर बजारको उकालोको यात्राले अबको बजार सकारात्मक लयमा फर्किएको हो कि भन्ने आकलन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.४४ अंकले बढेर २१२७.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.७० अंकले बढेर ४०५.६२ विन्दुमा पुगेको छ ।

कुल २२१ कम्पनीको सेयर कारोबार भएको छ । १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयरको खरिद बिक्रीबाट ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटा उपसमूहमध्ये ३ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी १० वटा उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
करोबारको आधारमा सबैभन्दा बढी अरूण काबेली पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको १७ करोड ९६ लाख ८६ हजार ६१२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




