सुनकाे भाउ तोलाको ९५ हजार ६०० पुग्यो, चाँदीमा पनि वृद्धि

-



     सफल आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ साउन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ ३५ ले वृद्धि भएको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ ८०० ले बढेर तोलाको ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअिघ बिहिबार छापावाल सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी तोलाको १ हजार १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।