भुक्तानी गेटवे नमस्ते पे का प्रयोगकर्ता १ लाख नाघे

-



     सफल आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित



काठमाडौँ, १३ साउन । सरकारी लगानी रहेको डिजिटल भुक्तानी सेवा प्रदायक ‘नमस्ते पे’का प्रयोगकर्ता एक लाखभन्दा बढी पुगेका छन् । नेपाल डिजिटल पेमेन्ट कम्पनीअन्तर्गत रहेर सञ्चालित नमस्ते पे मा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कको संयुक्त लगानीमा रहेको छ ।

नेपालमा डिजिटल कारोबार तथा ईकमर्सको प्रयोग बढ्दै गइरहेको र डिजिटल भुक्तानी सेवा प्रदायकहरु थपिने क्रममा कोरोना महामारीबिच यो सेवा शुरु गरिएको हो। प्रविधिको उपयोगमार्फत ग्रामीण क्षेत्रसम्म वित्तीय सेवा प्रदान गर्ने उद्देश्य राखेर गत २०७७ साउन १३ गते यो गेटवे सञ्चालनमा आएको हो । 

जम्मा ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नमस्ते पेमा टेलिकमको ५१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४९ प्रतिशत सेयर रहेको छ । नमस्ते पे एप एप्पल एप स्टोर तथा एन्ड्रोइडको प्लेस्टोर दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।