
काठमाडौं, १३ साउन । साताको अन्तिम कारोबार भएको दिन शुक्रबार पनि सेयर बजारको उकालो लागेको यात्रा जारी रह्यो । अघिल्लो दिनको तुलनामा कुल कारोबार रकममा दोब्बर बढी कमी भए पनि सेयर बजारमा भएको दोहोरो अंकको वृद्धिले लगानीकर्ताहरुको मनोबल बढाएको छ ।
यतिबेला लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले आत्मबल बढाएको महसुस गररेका छन् । अब यसरी नै नेप्सेकाे यात्रा उकालाेतिर जाने उनीहरुले आकलन गरेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६१ प्रतिशतले वृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.८६ अंकले बढेर ४०९.४८ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१५ कम्पनीको सेयर कारोबार भएको छ । अघिल्लो दिन १ करोड बढी कित्ता सेयरको खरिदबिक्री भएकोमा शुक्रबार भने आधामा झरेको छ । ५१ लाख १० हजार ७०० कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब १९ करोड १३ लाख ९५ हजार ७८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ३ वटामा रातो लागेको छ । उनीहरु हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुअल फण्ड रहेका छन् । तीन वटैको सेयर घटेको छ । बाँकी १० वटा उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १२ करोड ८६ लाख ४९ हजार ८१२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
२ वटा कम्पनी रिलायन्स लाइफ र राष्ट्र उत्थान लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ। सबैभन्दा धेरै बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनीकाे सेयरमूल्य ३.४८ प्रतिशतले घटेर ४ सय १३ रूपैयाँ १० पैसामा झरेकाे नेपाल स्टक एक्सचेन्जले जनाएकाे छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




