साधना लघुवित्तकाे खुद नाफा घट्याे, कस्ता छन् अन्य विवरण ?

-



     सफल आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १५ साउन । साधना लघुवित्त वित्तीय संस्थाकाे अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको छ । संस्थाकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको पाइएकाे हाे।

असार मसान्तसम्ममा लघुवित्तकाे खुदनाफा ११ करोड ६१ लाख रुपैयाँ कमाएकाे छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ०.८३ प्रतिशतले कमि भएकाे छ । अघिल्लो आर्थिक वर्षकाे साेहि अवधिमा लघुवित्तमने नाफा ११ करोड ७० लाख रहेकाे थियो।

खुद ब्याज आम्दानी भने बढेकाे छ । तर सञ्चालन खर्च र कर्मचारी खर्चमा भएकाे बृद्धिकाे कारण नाफामा कमि भएकाे हाे।लघुवित्तको खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेको छ । कुल सञ्चालन आम्दानी २३.८६ प्रतिशत बढ्दा सञ्चालन मुनाफा २.६४ प्रतिशतले घटेको देखिन्छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४२ पैसा घटेर ३६ रुपैयाँ १५ पैसा कायम भएको छ। मूल्य आम्दानी रेसियाे ३०.१८ गुणा र नेटवर्थ १५४ रुपैयाँ ७० पैसा रहेको छ।

लघुवित्तको चुक्ता पूँजीमा २५ प्रतिशतले बृद्धि भएकाे छ । जगेडा कोषमा ३०.७८ प्रतिशतले, सापटीमा ३३.५० प्रतिशतले, निक्षेपमा ६०.७० प्रतिशतले तथा र कर्जामा ६५.१० प्रतिशतले बृद्धि भएकाे छ।