बढ्याे सुन र चाँदीकाे भाउ, कति पुग्याे ताेलाकाे ?

-



     सफल आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १५ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । यसदिन सुन तोलामा रुपैयाँ २०० र चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ २०० ले बढेर तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाल सुन तोलाको ९५ हजार ६०० रुपैयाँमा कायम भएर काराेबार भएको थियो ।

तेजाबी सुन तोलामा २०० रुपैयाँले बृद्धि भएर तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १० ले बृद्धि भएर तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।