
काठमाडौं, १५ साउन । अबदेखि राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम खल्ती एपमार्फत् डिजिटल रुपमा भुक्तानी गर्न सकिने भएको छ । डिजिटल माध्यमबाट प्रिमियम भुक्तानीका लागि खल्ती डिजिटल एप र राष्ट्रिय बीमा संस्थानबिच हालै सहकार्य भएको छ।
यसका लागि खल्ती एपमा रहेको ‘इन्स्योरेन्स’ मा गएर राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ। त्यसपछि त्यहाँ उपलब्ध विवरण भरेर प्रिमियम भुक्तानी गर्न सकिन्छ।
राष्ट्रिय बीमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु प्रभावकारी उपलब्धि रहेको र यो सहकार्यबाट प्रयोगकर्तालाई पूर्ण रुपमा फाइदा हुने साथै बीमा शुल्क संकलन अझै सरल र प्रभावकारी बन्ने कुरामा खल्तीले विश्वास लिएको छ । ५ हजार रुपैयाँभन्दा बढीको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
यस विषयमा राष्ट्रि्य बीमा संस्थानका सूचना अधिकारी भोलानाथ घिमिरेले भने, ‘बीमा संस्थानको प्रिमियम भुक्तानीका लागि अर्को डिजिटल प्लेटफर्म थपिएको हो। यसअघि आईपीएस र ई-सेवामार्फत् डिजिटल हिसाबले भुक्तानी लिँदै आएकामा अब ग्राहकहरुले खल्तीमार्फते पनि प्रिमियम बुझाउन सक्नेछन्। ‘








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




