
कैलाली, १५ साउन । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा नौ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। उक्त अवधिमा ११ अर्ब ८२ करोड ३९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेको कार्यालयले लक्ष भेट्न नसके पनि समग्रमा ९ अर्ब ५८ करोड २६ लाख रुपैयाँ भने सङ्कलन गर्न सफल भएको हो ।
भन्सार महसुलतर्फ ३ अर्ब ५६ करोड ५५ लाख, मूल्य अभिवृद्धि करतर्फ ३ अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ १ अर्ब ९१ लाख ३१ लाख रुपैयाँ राजस्व असुली भएको कार्यालयले जनाएको छ ।
एक वर्षको अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ ३ अर्ब १० करोड १५ लाख, भन्सार महसुलतर्फ ५ अर्ब २२ करोड ४० लाख, अन्तः शुःल्कतर्फ २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ ३ अर्ब २१ करोड ६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । प्रतिवेदन अनुसार गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्षको साउनमा ८९.८ प्रतिशत राजस्व असुली भएको पाइएको छ ।
कैलाली भन्सार नाकाबाट विशेषगरी रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायतका सामान निर्यात हुने गरेका छन् । यस्तै पेट्रोलियम पदार्थ, मोटरका पार्टपुर्जा, चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री आयात हुने गरेका छन् । यो नाकाबाट निर्यातभन्दा आयात बढी मात्रामा हुँदै आएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




