पहिराेले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



भरतपुर, १६ साउन । पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए। यस वरपर गए रातिदेखि लगातार पानी परिरहेको छ ।