घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ साउन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । आज सुन तोलामा रुपैयाँ ४०० र चाँदीमा रुपैयाँ १० ले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ ४०० ले घटेर तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार ८०० रुपैयाँमा कायम भएर कारोबार भएको थियो ।

यसैगरी आज तेजाबी सुन पनि तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा पनि रुपैयाँ १० ले गिरावट आएर तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।