आईएमई पेबाट अरुको मोबाइलमा रिचार्ज गरिदिँदा २ प्रतिशत क्यासब्याक पाइने

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ साउन । आईएमई पेमार्फत् मोबाइल रिचार्ज गर्दा थप २ प्रतिशत क्यासब्याक पाइने भएको छ। यसअघि आईएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यासब्याक पाइने सुविधा उपलब्ध थियो। अब भने कम्पनीले आफ्नो बाहेक अन्य कुनै पनि मोबाइल नम्बरमा रिचार्ज गर्दा पनि थप २ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको हो ।

कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै सेवाग्राहीहरुले आईएमई एपबाट कुनै पनि मोबाईल नम्बरमा टपअप गरिदिँदा २ प्रतिशत क्यासब्याक पाउने उल्लेख गरेको छ।

यो योजना अन्तर्गत कम्पनीले मासिक बम्पर उपहारका रुपमा वान प्लस टेन प्रो स्मार्टफोन प्रदान गरिने जनाएको छ। कम्पनीका अनुसार योजनाका लागि योग्य हुन महिनाभरमा कम्तीमा ५० रुपैयाँको टपअप गर्नुपर्नेछ।