
गरिमाको तर्फबाट अध्यक्ष चन्द्रकान्त बराल (दायाँ) र सहाराको तर्फबाट अध्यक्ष सुगन्धकुमार गुप्ता ।
काठमाडौं, १७ असोज । गरिमा विकास बैंकले सर्लाहीको सहारा विकास बैंक लि. लाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धमा सहमतिपत्र (एमओयु) मा शुक्रबार हस्ताक्षर सम्पन्न भएको छ ।
गरिमाको तर्फबाट अध्यक्ष चन्द्रकान्त बराल र सहाराको तर्फबाट अध्यक्ष सुगन्धकुमार गुप्ताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । गरिमाको प्रधानकार्यालय काठमाडौंमा छ भने सहाराको सर्लाहीको मलंगवामा छ ।
हाल गरिमाको अधिकृत पुँजी ५ अर्ब र जारी तथा चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार छ ।
यस्तै, सहाराको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रहेको छ ।
गरिमाले हाल देशका सातै प्रदेशमा १ सय २ शाखा कार्यालयहरुमार्फत सेवा दिँदै आएको छ भने सहाराले सर्लाहीमा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ । प्राप्तिसम्बन्धी कार्य आगामी २०७८ वैशाख १ मा सम्पन्न गर्ने सहमति भएको छ ।
गरिमाले यसअघि शुभेक्षा र नीलगिरि विकास बैंकलाई प्राप्ति गरेको थियो । सहारासमेत प्राप्ति गरिसकेपछि गरिमा विकास बैंक प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा हिमाल, पहाड र तराईमा आफ्नो उपस्थिति ब्यापक बन्ने विश्वास लिएको जनाएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



