२१९६‍‍‍.२५ विन्दुमा उक्लियो नेप्से, साढे ४ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ साउन । सेयर बजारको उकालोको यात्रा कायमै रहेको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । कारोबार रकम पनि साढे ४ अर्ब माथि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.१५ अंकले बढेर २१९६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.०५ प्रतिशतको बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स १.९४ अंकले बढेर ४२१.१४ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१७ कम्पनीको सेयर कारोबार भएको छ । १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयरको खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ८ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । बाँकी रहेका ५ वटामा हरियो लागेको छ उनीहरु सबैके सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३८ करोड ३१ लाख ११ हजार ४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुटवल पावर कम्पनी लिमिटेडको नाफा ६.९५ प्रतिशतले बढेर ३ सय ७१ रूपैयाँ पुगेको छ । राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै ५.२९ प्रतिशतले घटेर ११ हजार ४ सय ६० रूपैयाँमा भएकाे छ ।