मन्दाकिनी हाइड्रोपावरको सेयर आज बाँडफाँड हुँदै

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ साउन । मन्दाकिनी हाइड्रोपावरको सेयर आज अपरान्ह ४ बजे बाँडफाँड गरिने भएको छ। साे सेयर कम्पनीकाे बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालमा रहेकाे कार्यालयमा बाँडफाँड गरिने जनाइएकाे छ।

क्यापिटलले मन्दाकिनी हाइड्रोपावरको प्रि–अलटमेन्टको काम सकिएपछि सेयर बाँडफाँड गर्न लागेकाे हाे । कम्पनीकाे गत साउन ९ गतेदेखि १४ गतेसम्म १०० रुपैयाँ अंकित दरकाे ११ लाख ७६ हजार ७३ कित्ता सेयर निष्काशन गरीएकाे थियाे ।

साे सेयरबाट ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकाे छ । २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका रहेकाे छ भने बाँकी रहेकाे १० लाख ९३ हजार ७४९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए। 

सेयरमा १६ लाख १० हजार ९२६ आवेदकबाट १ करोड ८० लाख ८१ हजार १८० कित्ता सेयर माग गरिएकाे छ। याे माग गरिएकाे भन्दा १६.५३ गुणा बढी माग हो। मागभन्दा बढी आवेदन परेकाेले बाँडफाँड गोलाप्रथाबाट हुने भएकाे छ।

यस अनुसार १ लाख ९ हजार ३७४ जनाकाे भागमा मात्र १० कित्ताका दरले सेयर पर्नेछ । उनीहरुमध्ये ९ जनाले थप १–१ कित्ता सेयर हात पार्नेछन् ।