
काठमाडौं, १७ साउन । लक्ष्मी म्युचुअल फन्डबाट सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ दुबै योजनाको आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश घोषणा गरिएको छ।
योजनाकाे व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेकाे छ भने कोष प्रवर्द्धकमा लक्ष्मी बैंक रहेकाे छ । दुवै योजनाबाट फण्डका इकाइधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएकाे हाे ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी उन्नति कोष (LUK) र लक्ष्मी इक्वीटि फण्ड (LEMF) का इकाइधनीहरुलाई करसहित ५-५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
दुबै योजनाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्। बुकक्लोजको अघिल्लो दिनसम्म कायम भएका इकाइधनीहरुले मात्रै लाभांश प्राप्तिका लागि याेग्य हुनेछन्। ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ दुबै योजना गत आर्थिक वर्षमा लाभांश घोषणा गर्ने पहिलो योजना हुन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




