श्वेतगंगा हाइड्रोपावरको सेयर बाँडफाँड सम्पन्न, ५ जनाले पाए जनहि ११ कित्ता

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ साउन । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको सेयर बाँडफाँड आज बिहान सम्पन्न भएको छ। निष्काशन गरिएकाे २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर बिक्री प्रबन्धक रहेकाे सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हाे ।

जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको १५ प्रतिशतले हुने रु १०० अंकित दरकाे २३ लाख ८९ हजार ५०० कित्ता सेयर साउन ४ गतेदेखि बिक्रीमा ल्याइएकाे थियाे ।

कुल सेयरबा६ ५ प्रतिशत सामूहिक लगानी कोषका बाँडिएकाे छ। बाँकी हुन आएकाे २२ लाख ७० हजार २५ कित्ता सेयर सर्वसाधारणलाइ बाँडिएकाे छ ।

कम्पनीकाे सेयरमा १५ लाख ४३ हजार ९४५ जनाकाेले आवेदन पेश भएका थियाे । त्यसबाट १५ लाख ३९ हजार ५०५ आवेदन याेग्य ठहरिएका छन्।

स्वीकृत भएका आवेदनबाट २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताकाे दामाशाहिले सेयर बाँडिएकाे हाे । जस्मध्ये भाग्यमानी ५ जनाले थप एक, एक कित्ता पाएका छन् । उनीहरुकाे भागमा ११, ११ कित्ता परेकाे छ ।