घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलाको ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन सेतो धातु चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।