प्रधानमन्त्री ओलीका ३ सल्लाहकार र एक स्वकिय सचिवलाई कोरोना

-



     सफल आवाज    
     असाेज १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई र सुर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परिक्षणमा रिमाल, भट्टराई र थापा तीनै जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

रिमाल प्रधानमन्त्रीका सल्लाहकार हुन् भने भट्टराई विदेश मामिला सल्लाहकार थापा प्रेस सल्लाहकार हुन् । यसैगरी प्रधानमन्त्रीको सचिवालयमा कार्यरत अर्का एक जनालाई पनि कोरोना पुष्टि भएको छ । बालुवाटार श्रोतले दिएको जानकारी अनुसार प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।