
काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ।
बैंकले जारी गरेको आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिमा राखिएको व्यवस्थाहरुको कार्यान्वयनको लागि जारी गरिएको एकिकृत निर्देशनमा लघुवित्त वित्तीय संस्थाहरुले सहायक आवधिक ऋणपत्र जारी पाउने व्यवस्था गरिएको छ ।
संचित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्नका लागि स्वीकृतिको लागि राष्ट्र बैंकमा आवेदन दिन सकिने भएको छ ।
यसअघि चुक्ता पूँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक ऋणपत्र जारी गर्ने व्यवस्था रहेको थियो । एकापसमा गाभ्ने तथा गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ साल पुस मसान्तभित्र एकिकृत कारोबार संचालन गरेमा थप सुविधा तथा सहुलियत प्रदान गरिने भएको छ ।
एकिकृत कारोबार गरेको मितिले १ वर्षसम्म संचालन जोखिमवापत कुल सम्पतीको १ प्रतिशत रकम मात्रै भारति सम्पत्ति थप गरे पुग्ने उल्लेख छ ।
वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोमा २०८० साल असार मसान्तसम्म छुट दिईने भएको छ ।
एकिकृत निर्देशन तलकाे बक्समा छ पढौं








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




