
महोत्तरी, १९ साउन । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार १२ करोड ४५ लाख २१ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उनीमाथि उक्त रकम बराबरको बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०७६/७७ को शुरुवातदेखि नगरपालिकामा कार्यरत थापामाथि बर्सेनि बेरुजु थपिँदै गएर गत आर्थिक वर्ष २०७७/७८को अन्त्यससम्म बेरुजु रकम १२ करोड रुपैयाँ नाघेको बताइएको छ ।
बेरुजु रकममध्ये असुल गर्नुपर्ने ६ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने ७७ लाख ९० हजार र पेश्की दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनले देखाएको छ । यसबाहेक कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने रकम नै ६ करोड ८८ लाख ४७ हजार रहेको पाइएको छ । उनीमाथिको बेरुजु रकम आउँदो आर्थिक वर्षमा अझ थपिने आकलन गरिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




