
काठमाडौं, १९ साउन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि सेयर बजार ओरालोको यात्रामा गएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि कमि देखिएको छ भने सम्पूर्ण सूचकहरु राताम्मै भएका छन् ।
नेपाल राष्टङ बैंकले बैंक, वित्तीय संस्था तथा लघुवित्त वित्तीय संस्थाहरुको लागि मौद्रिक नीतको तोकिएको मापदण्ड अनुसार कार्यान्वयनमा जानका लागि थप संशोधनसहित एकिकृत निर्देशन जारी गरेको भोलिपल्ट सेयर बजार राताम्मै हुँदा फेरि लगानीकर्ताहरुको मनोबल घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेको छ । नेप्सेमा १.७७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ८.२५ अंकले घटेर ४१२.२५ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१५ कम्पनीको मात्रै सेयर कारोबार भएको छ । ८५ लाख ६९ हजार ५ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ । सबैभन्दा बढी जीवन बीमा उपसमूहले १६७.८३ अंकले गुमाएको छ । दोश्रोमा व्यापार उपसमूहले १२०.९८ अंकले र तेश्रोमा विकास बैंक उपसमूहतर्फ १००.५ अंकको गिरावट देखिएको छ ।

कारोबारको आधारमा हप्ताभरी नै अग्रता कायम गरेको शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको २५ करोड २२ लाख ११ हजार २६९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ६२ रूपैयाँ ६० पैसा पुगेकाे छ । युनाइटेड इदी मर्दीकाे सेयरमूल्य ९.५२ प्रतिशतले घटेर ७ सय ६९ रूपैयाँ कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




