
काठमाडौं, २० साउन । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । तर बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेकाे छ ।
बैंकको सार्वजनिक भएकाे अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा बैंकको खुद नाफा ३७.३८ प्रतिशतले बढेकाे हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएकाे बृद्धिसँगै खुद नाफामा बृद्धि हुन सहयाेग पुगेकाे हाे । याे अवधिसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ।
बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशतले बढ्दा खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशतले घटेको पाइएकाे छ। कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशतले र सञ्चालन मुनाफामा ३७.६७ प्रतिशतले बृद्धि भएकाे छ। ईपीएस आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसा भएकाे छ।
बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशतले र जगेडा कोष ०.२९ प्रतिशतले बढेकाे छ । निक्षेपमा १.६९ प्रतिशत घट्दा कर्जामा १९.२२ प्रतिशतले बढेको देखिएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




