
काठमाडौं, २० साउन । सिक्लेस हाइड्रोपावरकाे सेयरमा आवेदन दिने म्याद भदौ ५ गतेसम्म लम्बिएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि साउन ६ गतेदेखि सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे थियाे ।
जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुने प्रतिसेयर रु १०० अंकित दरकाे ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का जनताका लागि निष्काशन गरिएकाे हो।
इच्छुक लगानीकर्ताले माछापुच्छ्रे बैंकको मादी शाखा, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखाबाट आवेदन दिन पाउनेछन्। यस्तै सेबाेनबाट अनुमति लिएका सीआस्वा सदस्य रहेका बैंक, वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ। सेयरमा लगानीका लागि घटिमा १० र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीलाइ केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग दिएकाे छ। याे भनेकाे दायित्व बहन गर्ने क्षमतामा मध्यम खालकाे जोखिम रहेको संकेत हाे । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




