मेची यातायात कार्यालयले उठायो ८६ करोड राजस्व

-



     सफल आवाज    
     श्रावण २० गते २०७९ मा प्रकाशित



झापा, २० साउन । मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ८६ करोड रुपैयाँ राजस्व असुनली गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा गरी जम्मा ८६ करोड ११ लाख ७ हजार ६२४ रुपैयाँ राजस्व असुली गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिए ।

संकलित ८६ करोडमध्ये यातायात क्षेत्रबाट तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करबापत ६० करोड ५० लाख २६ हजार २८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरबापत दुई लाख ५० हजार ३५० र लाइसेन्सतर्फ १९ करोड ३३ लाख ७८ हजार २४३ रहेको कार्यालयको भनाइ छ ।

लामिछानेका अनुसार यसबाहेक प्रदेश सञ्चित कोषमा जम्मा हुने गरी ८२ करोड १८ लाख ३७४ र संघीय कोषमा जम्मा हुने गरी तीन करोड ९३ लाख सात हजार २५० राजश्व सङ्कलन भएको छ । कार्यालयले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स वितरण, वर्ग थप, प्रतिलिपि प्रमाणीकरण, सवारी दर्ता शुल्क, नवीकरण दस्तुर, सवारी कर, रुट परमिटलगायत सेवा प्रदान गरेवापत उक्त परिमाणमा राजस्व असुली गर्न सफल भएको बुझिएको छ ।