नेपाल बैंकले कमायाे रुपैयाँ ३ अर्ब २६ करोड नाफा, यस्ता छन् अन्य सूचक

-



     सफल आवाज    
     श्रावण २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ साउन । नेपाल बैंककाे नाफामा बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नाफा १० प्रतिशतले बढेकाे छ । तर बैंककाे नाफामा बृद्धि भएपनि लाभांश बहन गर्ने शक्तिमा कमि देखिएकाे छ ।

बैंकले गत आर्थिक वर्षकाे असार मसान्तसम्ममा रु ३ अर्ब २६ करोड नाफा कमाएको छ। याे नाफा १०.२९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा याे नाफा २ अर्ब ९६ करोड रुपैयाँ रहेकाे थियाे ।

बैंकको नाफा बढेकाे भएपनि जगेडामा ६१ करोड रुपैयाँ राखिएकाे कारण वितरणयोग्य नाफा ५५ प्रतिशतले घटेको देखिएकाे छ। खुद ब्याज आम्दानी ७ प्रतिशतले बढ्दा सञ्चालन आम्दानी गएकाे वर्षकाेभन्दा घटेकाे छ। बैंककाे निक्षेप संकलन २०.४२ प्रतिशतले र कर्जा लगानीमा २०.८६ प्रतिशतले बढेकाे छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ४० करोड रुपैयाँ रहेकाे छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २४८.४२ रुपैयाँ रहेकाे छ।