
काठमाडौं, २१ साउन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट भएकाे छ । याे गिरावट बितेका ६ महिनायताकाे सबैभन्दा सस्तो भएको हाे जनाइएकाे छ ।
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट भएर प्रति ब्यारेल ८८ डलर कायम भएकाे छ । याे बितेका ६ महिना यताकाे सबैभन्दा सस्ताे भाउ हाे ।
शुक्रबार कच्चा तेलको मूल्यमा गिरावट भएर प्रतिब्यारेल ८८.५२ डलरमा झर्याे । ब्रेण्ट क्रुड तेल प्रति ब्यारेल ९३.७७ डलरमा खरिदब्रिकी भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा परेकाे आर्थिक संकटको कारण कच्चा तेलको मागमा कटाैती भइरहेकाे छ । बितेका ६० दिनमा कच्चा तेलमा ४० डलरकाे गिरावट भएकाे छ ।
अहिले मात्र नभएर कच्चा तेलमा बितेका वर्षहरुमा पनि भाउ निकै घटेका दृष्टान्त नभएका हाेइनन् । सन् २०२१ काे अगस्ट १९ मा कच्चा तेल सबैभन्दा सस्तो भएको थियाे ।
साे मितिमा कच्चा तेल प्रति ब्यारेल ६२.१४ डलरमा झरेको थियो । सन् २०२२ को मार्च ८ तारिखमा बढेर प्रति ब्यारेल ११९.६५ डलरसम्मकाे उचाइ कायम गरेकाे थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




