साेमबार सुनचाँदीको भाउ स्थिर रहि कारोबार हुँदै

-



     सफल आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर कराेबार भइरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन स्थिर रहेर आईतबारकै भाउमा कारोबार भईरहेको जनाएको छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन छापावाल सुनमा रुपैयाँ ५०० ले बृद्धि भएको थियो ।

सोमबार तेजाबी सुन पनि स्थिर रहेर आइतबारकै भाउमा कारोबार भईरहेको छ । आइतबार तेजाबी सुन तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सो दिन पनि तेजाबी सुनमा रुपैयाँ ५०० ले बढेको थियो ।

महासंघले चाँदीको भाउ पनि स्थिर रहेर आइतबारकै भाउमा कारोबार भईरहेको जनाएकाे छ । सेतो धातु चाँदी तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भएको हो ।