धौलागिरी लघुवित्तको ३ लाख कित्ता आइपीओ मंगलबार आउँदै

-



     सफल आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ साउन ।  धौलागिरी लघुवित्तले मंगलबार ३ लाख ९ हजार कित्ता आईपीओ सार्वजनिक गर्ने भएको छ । जारी पुँजी १०  करोड ३१ लाखको ३२.१० प्रतिशत बराबरको २ करोड ३१ लाख रुपैयाँको साधारण सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० का दरले ३ लाख ३१ हजार कित्ता सेयर जारी गर्ने भएको हो जसमध्ये ०.५ प्रतिशतले हुन आउने ५ हजार १ सय ५५ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सामूहिक लगानीका लागि भने ५ प्रतिशतले हुन आउने १६,५५० कित्ता सेयर सुरक्षित गरिएको छ ।

त्यसबाट बाँकी रहने ३ लाख ९ हजार २ सय ९५ कित्ता साधारण सेयरका लागि सर्वसाधारणले आगामी साउन २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार तोकिएको समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा आगामी भदौ ७ सम्मका लागि म्याद थपिनेछ । इच्छुक लगानीकर्ताले आईपीओका सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर एपमार्फत् दरखास्त आवेदन  दिन सक्ने व्यवस्था गरिएको छ ।