
काठमाडौं, २४ साउन । सयपत्री हाइड्रोपावरको सेयर आज बिहान १० बजे बाँडफाँड गरिदैंछ । प्रि-अलटमेन्ट साउन २२ गते सम्पन्न भएपछि बाँडफाँडकाे याे चरणमा आएकाे बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलले जनाएको छ ।
मागभन्दा २५.७१ गुणा बढी आवेदन परेकोले बाँडफाँड गोलाप्रथाबाट गरिदैंछ । आवेदन दिएकामध्ये ६७ हजार ५८ जनाले मात्र सेयर पाउनेछन् भने बाँकी १४ लाख ५६ हजार ६४४ जनाकाे हात रित्तै हुनेछन् ।
सयपत्री हाइड्राेकाे सेयरमा १५ लाख २३ हजार ७०३ जनाकाे आवेदनबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता माग गरिएकाे छ । याे आवेदन १ अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बरारको हाे ।
आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारी गरिएकाे सेयरमा बिक्री हुन बाँकी रहेकाे १ लाख २१ हजार ६० कित्ता थपेर ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गरीएकाे थियाे ।
३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोषका लागि रहेकाे छ । १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका रहेकाे छ। बाँकी रहने ६ लाख ७० हजार ५८३ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।
केयर रेटिङ नेपालले कम्पनीलाइ ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम खालकाे छ भन्ने संकेत गरेकाे छ ।
सयपत्री सहाइड्रोपावर कम्पनीले बाग्लुङ्गमा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




