धौलागिरी लघुवित्तकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएकाे छ । संस्थाले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत सेयर बिक्रीमा ल्याएकाे हाे ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरकाे ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्काशन गरेकाे हाे ।

बिक्रीमा ल्याइएकाे ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । बाँकी रहने ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले साउन २९ गतेसम्म आवेदन दिन पाउनेछन् । ताेकिएकाे मितिमा माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ। यसका लागि घटिमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन माग गर्न सकिनेछ ।

केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग दिएकाे छ। याे भनेकाे समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने बारेमा मध्यम जोखिम रहेको भन्ने संकेत हाे ।