‘शुभ लक्ष्मी कोष’को इकाईका लागि भदौ २ गतेसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ साउन । लक्ष्मी क्यापिटलले बिक्रीमा ल्याएकाे खुलामुखी म्युचुअल फण्ड ‘शुभ लक्ष्मी कोष’को इकाईका लागि आवेदन दिने मिति भदौ २ गतेसम्म लम्बिएको छ। क्यापिटलले साउन १९ गतेदेखि साे फण्डकाे निष्काशन तथा बिक्री खुला गरेको गरेकाे थियाे ।

याे लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोषको इकाईका लागि प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएकाे छ । ४ करोड २५ लाख इकाई निष्काशन गरिएकाेमा पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गरिएकाे हो।

लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १०० इकाईका लागि आवेदन दिन सकिने भएकाे छ । बढीमा ५० लाख इकाईका लागि आवेदन दिन पाइनेछ।

यसका लागि नेपाल सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने भएकाे छ।

फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।