नागरिक लगानी कोषको सेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ साउन । नागरिक लगानी कोषको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरणकाे प्रयाेजनका लागि काेषले बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरी आज नयाँ मूल्य कायम भएकाे हाे ।

काेषको ३० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे छ । समायोजनपछि सेयरमूल्य २ हजार २१४ रुपैयाँ ६२ पैसा कायम निर्धारण भएको छ ।

नेपाल स्टक एक्सचेन्जले काेषकाे अघिल्लाे दिनकाे कारोबार भएकाे अन्तिम मूल्यलाइ आधार बनाएर सेयरमूल्य समायोजन गरेको हो। मंगलबार सेयर प्रतिकित्ता २ हजार ८७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

काेषमा हाल कायम रहेकाे चुक्ता पूँजीको ३० प्रतिशत, ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घाेषणा गरिसकेकाे छ ।

कर प्रयाेजनका लागि १.५७८९ प्रतिशत, ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरिएकाे थियो। काेषकाे घाेषित लाभांश पारित गर्न भदौ ६ गते साधारण सभा आव्हान गरिएकाे छ ।