धौलागिरी लघुवित्तकाे सेयरमा आवेदन दिनेकाे चाप मागभन्दा ३५.०५ गुणा बढी

-



     सफल आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित



काठमाडौं २५ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमा आवेदन दिनेकाे संख्या अप्रत्यासित रुपमा बढेकाे छ । सेयर निष्काशन भएकाे दाेश्राे दिन बुधबार बेलुकासम्म संस्थाकाे सेयरका लागि १ अर्ब ८ करोड ४२ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको सीडीएसले जनाएकाे छ ।

बुधबार बेलुकासम्म ९ लाख ५६ हजार ३१६ आवेदकले १ करोड ८ लाख ४२ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन् । लागनीकर्ताकाे यो आवेदनकाे माग निष्काशन गरिएकाे भन्दा ३५.०५ गुणाले बढी हो । 

लघुवित्तले मंगलबार साउन २४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएकाे हाे । प्रतिकित्ता रु १०० अंकित मूल्यकाे ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन गरिएकाे हाे । साे सेयरबाट १६ हजार ५५० कित्ता सामूहीक लगानी कोषका लागि र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएकाे छ बाँकी रहने ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।

लगानीकर्ताले आवेदन दिने मिति साउन २९ गतेसम्म रहेकाे छ । मागभन्दा बढी आवेदन पेश भएकाेले साे आवेदन लिन काम बन्द हुनेछ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीान १० तथा बढीमा १ हजार कित्ता माग गर्न सक्छन् ।

सेबाेनबाट अनुमति पाएका सिआस्वा सदस्य रहेका बैंक, वित्तीय संस्था, मेरो सेयर वेबपेज तथा एप्सबाट आवेदन दिन सकिनेछ । कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ दिएकाे छ । याे भनेकाे दायित्व बहन पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने हाे ।

यो सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।