
काठमाडौं, २६ साउन । लगातार सेयर बजार ओरालो लागिरहेको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन पनि सेयर बजारको ओरालोको यात्राले निरन्तरता पाएको छ ।
१३ उपसमूहमध्येमा एक बाहेक सबैमा रातो लागेको छ । उनीहरु सबैले गुमाएका छन् । उनीहरुमध्ये हरियो लागेको म्युचुअल फण्डतर्फ सामान्य बृद्धि भएको छ ।
सकारात्मक बन्न नसेकोको सेयर बजारको गिर्दो अवस्था लगानीकर्ताको मनोबल उच्च बनाउन बाधा उत्पन्न गराएको छ । उनीहरुकोएउटै बिकल्प बजार सकारात्मक हुनु बाहेक अर्को छैन । यसमा ठस्ला लगानीकर्ताहरु, नियनकारी निकाय सबैको सक्रियता अति आवश्यक देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १९.०६ अंकको गिरावट हुँदा नेप्से परिसूचक २०३७.८३ विन्दुमा झरेको छ । नेप्सेमा ०.९३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले घटेर ३९१.६६ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२३ कम्पनीको सेयर कारोबार भएको छ । ६२ लाख ९८ हजार ६३८ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो कारोबार अघिल्लाे दिनको तुलनामा कम हो । बुधबार १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ रुपैयाँ बराबरको कारोबार भएको थियो । यस हिसाबले बुधबारकोभन्दा कारोबारमा १७ कमि भएको छ ।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक सबैमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी फेरि अगाडी आएको छ । यसदिन कम्पनीको ७ करोड २७ लाख ९४ हजार ७३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

हिमालयन हाइड्राेपावर कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ३३ रूपैयाँ ६० पैसा भएकाे छ ।
अपर हेवाखाेला हाइड्राेकाे पनि सेयरमूल्य ९.९८ प्रतिशतले बढेर एक सय ४३ रूपैयाँ २० पैसा कायम भएकाे छ । युनिलिभर नेपालकाे सेयरमूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले घटेर १८ हजार ९ सय ५ रूपैयाँमा भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




