अभियान लघुवित्तकाे सेयर साउन ३० गते बाँडफाँड गरिने

-



     सफल आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ साउन । अभियान लघुवित्त वित्तीय संस्थाले निष्काशन तथा बिक्रीमा ल्याएकाे सेयर साउन ३० गते बाँडफाँड गरिने भएकाे छ ।

कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको थियाे । सेयर बाँडफाँड नक्सालमा रहेकाे बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटको कार्यलयमा गरिने भएकाे छ।

संस्थाकाे सेयर खरिदका लागि २० लाख ४३ हजार २० जना आवेदककाे २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता सेयरका लागि आवेदन पेश भएकाे थियाे।

कुल ९ लाख ७५ हजार कित्तामध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएकाे छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।

सेयरमा मागभन्दा बढी आवेदन पेश भएकाेले घटिमा १० कित्ताका दरले सेयर बाँडफाँड गरिने भएकाे छ । २० लाख बढी आवेदकमध्ये ९१ हजार ३७५ जनाले मात्रै सेयर हात पार्नेछन् । बाँकी सबैकाे हात खालि हुने भएकाे छ ।

अभियान लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेकाेमा सेयर बाँडफाँड पछि याे बढेर २५ करोड रुपैयाँ पुग्ने भएकाे छ ।