नेपाल लाइफ: खुद बीमा शुल्क बढ्यो, ३५ करोडमाथि घाटा

-



     सफल आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ साउन । खुद बीमा शुल्कमा बृद्धि भएपनि नेपाल लाइफ इन्स्योरेन्सलाई ३५ करोड २७ लाख रुपैयाँ घाटा भएकाे छ । इन्स्योरेन्सकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सार्वजनिक वित्तीय विवरण अनुसार साे घाटा भएकाे देखिएकाे छ।

अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आर्थिक वर्षको अवधिमा भने ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हाे ।

इन्स्योरेन्सको खुद बीमा शुल्कमा ९.४४ प्रतिशत बढेको देखिन्छ। जीवन बीमा धितोमा २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेकाे छ । २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आर्जन गरेको पाइएकाे छ। गत असारकाे अन्त्यसम्म इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक छ । नेटवर्थ १७३ रुपैयाँ ८२ पैसा रहेको छ।