माउन्टेन हाइड्रोकाे खुद नाफामा छलाङ, अन्य विवरण कस्ता छन् ?

-



     सफल आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ साउन । माउन्टेन हाइड्रो नेपालकाे खुद नाफाले छलाङ मारेकाे छ । हाइड्रोले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ ।

कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे नाफा कमाएकाे देखिएकाे हाे । अघिल्लो वर्ष साेहि अवधिमा कम्पनीकाे खुद नाड्फा १ करोड ८६ लाख रुपैयाँ रहेकाे थियो। यो नाफा ६७७.७३ प्रतिशतले बढी हाे ।  

कम्पनीको विद्युत बिक्री आम्दानी बढेकाे छ । याे १४.२० प्रतिशतले बढेर ६० करोड ८१ लाख रुपैयाँ पुगेकाे छ। अघिल्लो पटक विद्युत बिक्री आम्दानी रु ५३ करोड २५ लाख थियाे ।

कम्पनीको चुक्तापुँजी १ अर्ब २५ करोड रहेको छ । जगेडामा रु ४२ लाख २८ हजार रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ११.५८ रुपैयाँ र नेटवर्थ १००.३४ रुपैयाँ रहेको छ । पीई अनुपात २३.४९ गुणा रहेको छ।