
काठमाडौं, २७ साउन । पहेंलो तथा सेतो धातुमा दैनिक मूल्य बढेको, घटेको वा स्थिर रहने कुनै अवस्था देखिईरहन्छ । सुनचाँदी दुबैको बढ्ने वा दुबैको घट्ने वा स्थिर भएर कारोबार हुन्छ । एउटाको घट्ने र अर्को बढ्ने प्रबृत्ति पनि देखि निरन्तर भईनै रहेको हुन्छ ।

यसरी सुनचाँदीको भाउमा दैनिक रुपमा तलमाथि हुन वा स्थिर रहनुको कारण अन्तराष्ट्रि बजार भाउमा भएको परिवर्तनको कारणले नै हो । जसको प्रभाव नेपाली बजारमा पनि परेकै हुन्छ ।
साताको अन्तिम कारोबार हुने दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । छापावाल सुनमा रुपैयाँ ७०० ले बढेको छ । चाँदीको भाउ भने यो दिन स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनको भाउ रुपैयाँ ७०० ले बढेर तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।
तेजाबी सुन रुपैयाँ ७०० ले बढेर तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सेतो धातु चाँदीको भाउ भने आज स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा नै कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




